काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा बीमाको विकास एवम् विस्तारका लागि प्रदेश बीमा कानून र नीति तयार गर्न तयार रहेको जानकारी दिदैै त्यसमा सहयोग गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरे।
मुख्यमन्त्री शाहले महिला स्वयम्सेविकाहरूको बीमा गर्दै आएको र विपद् बीमा गर्न इच्छुक भएको उल्लेख गर्दै बीमा दाबी भुक्तानीमा झन्झट न्यून गर्न दाबी प्रक्रियालाई सरल बनाउनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाको परिचय, बीमा क्षेत्रको अवस्था, विद्यमान चुनौती र बीमाको पहुँच विस्तारमा प्रदेश सरकारको भूमिका सम्वन्धी प्रस्तुती गर्दै प्रदेशको आर्थिक मामिला मन्त्रालय अन्तर्गत रहने गरी बीमा सम्पर्क व्यक्ति तोक्न प्रदेश सरकारसँग आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले बीमाको प्रिमियम तिर्नसक्ने अवस्था हेरेर मात्र बीमा गर्नुपर्ने, राज्यका समग्र अवयवहरूलाई बीमासँग आवद्ध गरेर अगाडि बढ्न प्राधिकरणले आवश्यक कदम चाल्नुपर्ने, बीमा कम्पनीहरूको अनुगमनलाई अझै प्रभावकारी बनाउनुपर्ने, दाबी भुक्तानीलाई छिटोछरितो बनाउन प्राधिकरणले थप सहजीकरण गर्नुपर्ने र कृषि बीमा गर्न प्रोत्साहन गर्नुपर्ने लगायतका विचार व्यक्त गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी साउद, प्रदेश सरकारका मुख्यसचिव डा. कमल प्रसाद पोख्रेल, विभिन्न प्रदेश मन्त्रालयका सचिव, मुख्य न्यायाधिवक्ता, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्ष र बीमकका प्रदेश कार्यालयका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com