Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

युवा पुस्तालाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बचाउन आध्यात्मिक मार्गदर्शन आवश्यक

युवा पुस्तालाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बचाउन आध्यात्मिक मार्गदर्शन आवश्यक

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान युवा पुस्तालाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बचाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता रहेको बताउनुभएको छ । 

हिजो वीरेन्द्रनगरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रका प्रतिनिधिसँग भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री कँडेलले समाजमा बढ्दो मानसिक तनाव, आत्महत्या, लागूपदार्थको दुरुपयोगलगायत समस्याको समाधानका लागि आध्यात्मिक मूल्य र अभ्यासलाई जीवनशैलीमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले आजका युवाहरू आधुनिक प्रविधिका कारण नयाँ विषयमा छिटो ज्ञान प्राप्त गरिरहेका छन् तर मानसिक रूपमा कमजोर हुनुका साथै तनावले भरिँदै गएको बताउनुभयो । मोबाइल, सामाजिक सञ्जाल र नशालु पदार्थको लतले उनीहरूलाई भौतिक उन्नतिमा मात्रै केन्द्रित गरिरहेको छ, जसले दीर्घकालीन रूपमा समाज र राष्ट्रलाई असर पार्न सक्नेतर्फ मुख्यमन्त्री कँडेलले सचेत तुल्याउनुभयो ।

मुख्यमन्त्री कँडेलले ब्रह्माकुमारी संस्था जस्ता आध्यात्मिक केन्द्रहरूले शुद्ध विचार, सकारात्मक सोच, आत्म अनुशासन र नैतिक जीवनशैलीको अभ्यास गराउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले कर्णाली प्रदेशका विद्यालय, युवा क्लब, पुनस्स्थापना केन्द्र तथा सरकारी कर्मचारीलाई लक्षित गर्दै राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने सुझाव राख्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार