Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

अहिले इन्टरनेट र एआईको समय : कांग्रेस सभापति

अहिले इन्टरनेट र एआईको समय : कांग्रेस सभापति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने समय आएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार विज्ञान तथा सूचना प्रविधि विभागले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले अहिले इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समय रहेको बताउनुभयो ।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउ नसके नेपालमा धेरै काम गर्न सकिने उहाँको भनाइ थियो । ‘आजको समय नै इन्टरनेटको हो। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्न थालेका छौँ। यसको प्रयोग बढाउ नसके नेपाल धेरै अघि बढ्ने कुरा बुझेको छु,’सभापति देउवाले भन्नुभयो ।

अहिलेको बेला एआईको सदुपयोग देश र पार्टीले गर्न सक्ने पनि उहाँको भनाइ थियो । ‘आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना होइन, अहिलेको आवश्यकता पनि हो। हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा पनि प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक छ,’ सभापति देउवाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार