काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले साउनको दोस्रो सोमबारका अवसरमा पशुपति क्षेत्रको अनुगमन गर्नुभएको छ ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले अनुगमनका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गर्नुभएको हो । मन्त्री पाण्डेले सहज रूपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्न कोषका सदस्य सचिव एवं कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।
साउन महिनाको दोस्रो सोमबार आज पनि बिहान ३:०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएका थिए । यस्तै, चार वटा सवारीसाधनमार्फत चक्रपथबाट पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई दिनभर निस्शुल्क सेवा दिइएको कोषले जनाएको छ । साँझ ७:०० बजेसम्म करिब एक लाख ५० हजार भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र दर्शन गरेको अनुमान कोषले गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com