Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
७.७७ प्रतिशत ब्याजदरमै ऋण सुविधा

बचतकै दरमा ७७ लाखसम्म ऋण उपलब्ध गराउँदै पोखरा रोयल साकोस, कोसेली घर पनि सञ्चालनमा

बचतकै दरमा ७७ लाखसम्म ऋण उपलब्ध गराउँदै पोखरा रोयल साकोस, कोसेली घर पनि सञ्चालनमा

काठमाडौं । पोखराको बुद्धचोक प्रधान कार्यालय रहेको समुदायमा आधारित सदस्य मैत्री पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले बचतकै दरमा ऋण लगानीको उपयोगी योजना सार्वजनिक गरेको छ । सदस्यहरुलाई बहुआम्दानीका स्रोतहरु सुनिश्चित गर्न प्रेरित गर्ने उद्देश्यका साथ पोखरा रोयल साकोसले ७.७७ प्रतिशत ब्याजदरमा अधिकतम ७७ लाख रुपैयाँ सम्म ऋण सेवा उपलब्ध गराउन सक्ने योजना ल्याएको हो । यो योजना आगामी १ सय दिनसम्म सञ्चालन हुने जनाइएको छ । साकोसले नयाँ तथा पुराना परियोजनाहरुका लागि यो योजना अन्तर्गत ऋण सेवा उपलब्ध गराउन सकिने जनाएको छ । 

ऋणको सदुपयोगितामार्फत धनी बन्न सकिने सर्वमान्य सिद्धान्त र व्यवहार हो । विश्वका धनाढ्यहरु प्रायः सबैले जीवनका खुट्किलाहरुमा ऋण लिएरै आफ्नो आम्दानी बढाएको कसैबाट छिपेको छैन । सोही कारण धनी बन्न उपयुक्त परियोजनाका लागि ऋण वरदान सावित हुने विषय सदस्यहरुलाई स्मरण गराउँदै पोखरा रोयल साकोसले यो योजनामा सहभागी भई आर्थिक आत्मनिर्भरताको बाटोमा यात्रा गर्न सबै सदस्यहरुलाई आग्रह समेत गरेको छ ।  

eb47ccd7-4d45-486b-a0d2-8565191b8c51.jpg
undefined

'सुखी सदस्य दिगो सहकारी' को परिकल्पना बोकेको पोखरा रोयल साकोसले केही दिन अघि मात्र प्रधान कार्यालयमा सहकारी कोसेली घर समेत सञ्चालनमा ल्याइसकेको छ । सदस्यहरुद्वारा उत्पादित वस्तु तथा सामाग्री, पुस्तक, मायाको चिनो जस्ता सामाग्रीको प्रचारप्रसार, बिक्री वितरण तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ कोसेली घर सञ्चालनमा ल्याएको जनाएको छ ।

510970140_1225711925922867_5404892588385919975_n.jpg
undefined

१० हजार २ सय २५ जना सेयर सदस्य रहेको पोखरा रोयल साकोसमा १५ करोड ५५ लाख बढी सेयर पुँजी रहेको छ भने २२ करोड ३३ लाख बढी कुल संस्थागत पुँजी रहेको छ । यस्तै, २ अर्ब बढी बचत रहेको साकोसको ऋण लगानी साढे १ अर्ब बढी छ ।

सदस्यहरुको विश्वासमा आएको बढोत्तरीसँगै साकोसमा उपलब्ध तरलता सदस्यहरुलाई नै धनी बनाउन उपयुक्त परियोजनामा लगानी गर्ने उद्देश्यका साथ पोखरा रोयलले नयाँ योजना सार्वजनिक गरेको जनाएको छ ।

521419353_1253230159837710_6814676431970567061_n (1).jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार