Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'प्राधिकरणलाई प्रभावकारी बनाउने सामुहिक प्रतिबद्धता आवश्यक'

'प्राधिकरणलाई प्रभावकारी बनाउने सामुहिक प्रतिबद्धता आवश्यक'

काठमाडौं । काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शेषनारायण पौडेल र निर्देशक ज्ञाननाथ ढकाललाई आज साउन १८ गते प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले स्वागत गर्नुभएको छ ।

आज आयोजित कार्यक्रममाअध्यक्ष शर्माले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठित प्राधिकरणको महत्वलाई प्रभावकारी बनाउन सबैले कार्यबोधका साथ नतिजामूखि परिणामको लागि काम गर्न प्रतिवद्धता जाहेर गर्नु पर्ने बताउनुभयो ।

नव नियुक्त कार्यकारी निर्देशक पौडेलले प्राधिकरणको महत्वलाई स्थापना गरी जनमानसमा विश्वास जगाउने काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्राधिकरणको उद्देश्य पुरा गर्नका लागि कर्मचारीहरुलाई ईमान्दार, लगनशील र अनुशासित भएर काम गर्न प्रोत्साहित गर्ने बताउनुभयो । 

त्यसैगरी निर्देशक ढकालले प्राधिकरणको सुदृढीकरण र उद्देश्य अनुरुप काम गर्नका लागि तत्पर रहेको धारणा राख्नुभयो ।

मन्त्रीपरिषद्को साउन १२ गतेको बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा सहसचिव पौडेललाई पठाउने निर्णय गरेको थियो । त्यसैगररी सहकारी मन्त्रालयका उपसचिव ज्ञान नाथ ढकाललाई हालै प्राधिकरणको निर्देशकमा खटाइएको थियो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार