Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'नेफ्स्कून स्थापनाको पहल गर्दा तत्कालीन राजा वीरेन्द्र र मन्त्रीहरुले सहयोग गरेनन् तर विरोध पनि जनाएनन्'

'नेफ्स्कून स्थापनाको पहल गर्दा तत्कालीन राजा वीरेन्द्र र मन्त्रीहरुले सहयोग गरेनन् तर विरोध पनि जनाएनन्'


नेफ्स्कूनको स्थापनामा जसरी सहकारी क्षेत्रका व्यक्तिहरुको सकारात्मक सहयोग रहेको थियो, त्यस हिसाबले राजा वीरेन्द्र र तत्कालीन मन्त्रीहरुको सहयोग र साथ भने खासै रहेन । उनीहरु यसतर्फ सकारात्मक देखिएनन् । तर, विरोध पनि गरेनन् ।

राजाले भनेपछि मैले राष्ट्रिय सहकारी केन्द्रको अध्यक्ष पदको जिम्मेवारी लिएको थिएँ । त्यसउप्रान्त सहकारिता क्षेत्रमा केही नवीनतम् काम गर्ने विचारका साथ म अगाडि बढेको थिएँ । त्यहीँ रहँदा नै सहकारी संघको स्थापनाको अवधारणा बनेको हो ।

विश्वका धेरै मुलुकमा सहकारी संस्थाहरुको संलग्नतामा केन्द्रीय संस्थाको स्थापना भएको मैले पाएको थिएँ । केही मुलुकहरुको भ्रमण गर्दा त्यस किसिमको अनुभव पाएको थिएँ । त्यसैले पनि नेफ्स्कूनको स्थापनाको प्रसङ्ग अगाडि आएको हो । यसरी नेफ्स्कूनको तदर्थ समितिको अध्यक्षता मैले ग्रहण गरेको थिएँ । जसमा सहकारीसँग सम्बन्धित संस्थाहरुका प्रतिनिधिहरुको मात्रै संलग्नता रहेको थियो ।

नेपालमा सहकारिताको विकास र आर्थिक समृद्धिका लागि विभिन्न अवधारणाहरुसहित सहकारिता क्षेत्रमा महिलाहरुको सहभागितालाई बढावा दिने उद्देश्यका साथ नेफ्स्कूनको स्थापना भएको थियो । त्यसको स्थापनासँगै अन्तर्राष्ट्रिय संस्थाहरुले यसलाई सहयोग पनि गर्दै गए । पछि बहुदल आएपछि मात्रै यसको विधिवत् दर्ता भएको थियो ।

नेफ्स्कूनको स्थापनामा जसरी सहकारी क्षेत्रका व्यक्तिहरुको सकारात्मक सहयोग रहेको थियो, त्यस हिसाबले राजा वीरेन्द्र र तत्कालीन मन्त्रीहरुको सहयोग र साथ भने खासै रहेन । उनीहरु यसतर्फ सकारात्मक देखिएनन् । तर, विरोध पनि गरेनन् । आज नेफ्स्कूनले उचाइ पाएको छ । यो मेरा लागि गर्वको विषय हो ।

(स्वर्गीय घिमिरेको आत्मकथा 'मोडहरुमा म' बाट केही सम्पादसहित साभार । उक्त पुस्तकको भूमिका विश्ववन्धु थापाले लेख्नुभएको छ । पुस्तकमा भने ‘नेफ्सक्युन’ लेखिएको छ ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार