काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काम समयमा सकियोस् भन्ने जनचाहनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । स्थानीय पूर्वाधार तथा विकास विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै उहाँले विभागलाई विकास निर्माणका आयोजनाहरु समयमा सम्पन्न गर्ने गरि काम गर्न आव्हान गर्नुभएको हो ।
शहरी विकास मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास विभागले सडक पूर्वाधार, झोलुंगेपुल,सडकपुल,स्थानीय तहको प्रशासकीय भवन र साना सिञ्चाइ आयोजनाको काम गरिररहेको छ । ‘विकास निर्माण र पूवाृधारसँग सम्बन्धित काम समयमा सकियोस् भन्ने जनताको चाहना पूरा गर्ने गरि काम गर्न लाग्नुस् । त्यसका लागि मनत्रालयबाट गर्नुपर्ने केही छ भने भन्नुहोला । मन्त्रालयबाट गर्नुपर्ने काम गर्छौ ,’ उहाँले भन्नुभयो ।
गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशत मात्र देखिएकोमा असन्तुष्टि जनाउँदै उहाँले विगतका कमजोरी पहिचान गरि समाधान गर्दै आगामी वर्षमा उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, उहाँले अघिल्लो वर्षको समिक्षाबाट सिक्द्रै आगामी वर्षका योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न समयमै काम शुरु गर्न पनि निर्देशन दिनुभएको छ ।कार्यवाहक प्रधानमनत्री सिंहले स्थानीय पूर्वाधार विकास विभागले चालू वर्षमा गर्ने योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘२०८२/८३ मा गर्नुपर्ने योजनाहरूलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । ईन्फ्रास्ट्रक्चर डेभलपमेन्टदेखि विकट स्थानमा निर्माण भइरहेका झोलुङ्गे पुलहरू समेत तोकिएको समयमा सम्पन्न हुनुपर्छ,’ उहाँले भन्नुभयो । कार्यक्रममा मनत्रालयका सचिव गोपाल सिग्देलले कतिपय योजनाहरु डुप्लिकेसन भएको भन्दै आयोजना क्षेत्र प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरि सुनिश्चित गरेर मात्रै काम अगाडी बढाउन विभागलाई निर्देशन दिनुभयो ।
विभागका महानिर्देशन महेशचन्द्र न्यौपानेले कार्यक्रममा आव ०८१/८२ को वार्षिक प्रगति समीक्षा सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com