Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
डायस्पोरा

कोलोराडो नेपाल युथ क्लब नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा सहभागी हुँदै

कोलोराडो नेपाल युथ क्लब नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा सहभागी हुँदै

कोलोराडो ।अमेरिका र क्यानाडामा बस्दै आएका नेपालीहरुबीच खेलको माध्यमबाट हार्दिकतालाई प्रगाढ बनाउने प्रयास निरन्तर जारी छ । विदेशमा बसेका नेपालीहरुलाई जोड्ने प्रभावकारी माध्यम वा सेतु खेलकुद पनि बनेको छ । यसै सिलसिलामा क्यानाडामा रहेका नेपालीहरुको प्रयासबाट स्थापना गरिएको क्रिकेट प्रतियोगितामा अमेरिकाको कोलोराडोस्थित नेपाली युवा खेलप्रेमीहरुको क्रिकेट क्लबले सहभागिता जनाउने भएको छ ।

नेप्लिज क्यानेडियन क्रिकेट क्लबको आयोजनामा सञ्चालन हुन कोलोराडो नेपाल युथ क्लब (सीएनवाईसी) का खेलाडीहरु त्यसतर्फ लागेका छन् । यही अगस्ट ९ र १० (शनिबार र आइतबार) उक्त प्रतियोगिता आयोजना गर्ने तय भएको र त्यसका लागि कोलोराडोस्थित सीएनवाईसीको लागि त्यसतर्फ प्रस्थान गरेको शुसिल दाहालले जानकारी गराउनुभयो । कोलोराडो टिमको कम्तानमा सम्योग दाहाल र उपकप्तानमा निरोज दाहाल रहनुभएको छ भने प्रशिक्षकमा उत्सव पन्त रहनु भएको छ । 

त्यसअघि, कोलोराडोमै आयोजित एक कार्यक्रममा बीच सीएनवाईसीको जर्सी लोकार्पण गरिनुका साथै उक्त प्रतियोगितामा सहभागितामा सहयोगी साथहरुलाई कृतज्ञता व्यक्त गरिएको थियो ।  अमेरिकाबाट सुशिल दाहालले उपलब्ध गराउनुभएको जानकारी अनुसार सीएनवाईसीलाई कोशेली कोलोराडो, लालीगुराँस एशोसियशन, गुन्द्रुक रेष्टुरेन्ट, रोशन बोगटी, मोर्टगेज कन्सल्टेन्टका सन्देश पोखरेल, एसएएस होलसेल, स्टेट फार्मकी कान्ती दाहाल, एनआरएनए कोलोराडो च्याप्टर र एनआरएनए एनसीसीका महासचिव आरसी पन्त लगायतको सहयोग प्राप्त भएको थियो । कार्यक्रममा कोशेली कोलोराडो शंकर गुरुङले खेलाडीहरुलाई विजयको शुभकामना प्रदान गर्नुभएको थियो भने कप्तान सम्योग दाहालको जर्सी समेत उहाँले लोकार्पण गर्नुभएको थियो।

त्यस्तै ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले शुभकामनासहित उपकप्तान निरोज दाहालको जर्सी लोकार्पण गर्नुभएको थियो भने अन्य खेलाडीहरुलाई त्यस्तै टीम प्रशिक्षक उत्सव पन्तले जर्सी प्रदान गर्नुभएको थियो ।

c7ff3629-18d4-4981-86d4-2ded1ac018a3.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार