काठमाडौं । जरोकिलो प्रतिष्ठान नेपालको आयोजनामा आज काठमाडौंमा आठौँ विश्व संस्कृत दिवस मनाइएको छ । संस्कृत भाषामा निहित ज्ञानसम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विश्व संस्कृत दिवस मनाउन थालिएको हो । वाल्मिकी विद्यापीठमा आयोजित कार्यक्रममा प्रा.डा.ऋषिराम पोखरेललाई सम्मानित गरिएको छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्व पोखरेल, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला लगायतले संस्कृत भाषा तथा वाङ्मयबारे चर्चा गर्नुभएको थियो । प्रा.डा. माधवप्रसाद पाण्डेयको सभापतित्व रहेको कार्यक्रमको संकल्पकर्ता प्रा.डा.निर्मलमणि अधिकारी रहनुभएको थियो ।
जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा नेपालबाट वि.सं. २०७५ सालदेखि प्रत्येक वर्ष श्रावणी पूर्णिमा अर्थात् ऋषितर्पणीका दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । प्राचीनकालमा श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि शैक्षिक सत्रको प्रारम्भ गरिने हुनाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन थालिएको हो ।
यसको उद्देश्य नेपालका मौलिक रैथाने धर्म, संस्कृति, दर्शनशास्त्र, परम्परा, कला, रीतिरिवाज, विद्या, शिल्प, सीप, आयुर्वेद आदिको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धनमा भूमिका खेल्ने, गुरुकुल सहित विविध प्रकारका शैक्षिक संस्था, संस्कार केन्द्र, सेवा केन्द्र, धर्मशाला आदि निर्माण गरी सञ्चालन गर्ने गराउने आदि रहेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com