Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

नेफ्स्कूनले 'स्ट्रङ लबिङ' गर्नुपर्छ, अझ 'टेक्निकल लबिङ' गर्नुपर्छ : पूर्व सिईओ कुबेर निरौला

नेफ्स्कूनले 'स्ट्रङ लबिङ' गर्नुपर्छ, अझ 'टेक्निकल लबिङ' गर्नुपर्छ : पूर्व सिईओ कुबेर निरौला

काठमाडौं । ३८औं स्थापना दिवसको संघारमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) लाई शुभकामनासँगै शुभचिन्तकको रुपमा सुझाव राख्दै पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) कुबेर निरौलाले केन्द्रीय संघले बलियो बहसपैरबी गर्नुपर्ने बताउनुभएको छ ।

साकोस अभियानलाई सही, दिगो र व्यावसायिक बनाउन नेफ्स्कूनले बलियो पैरबी गर्नुपर्ने निरौलाको भनाइ छ । उहाँ भन्नुहुन्छ, 'नेफ्स्कूनले स्ट्रङ लबिङ गर्नुपर्छ । अझ भन्ने हो भने बढी टेक्निकल लबिङ गर्नुपर्छ ।' साकोस अभियानका प्राविधिक र कानुनी जटिलताहरुको सही सम्बोधनमार्फत सदस्य साकोसहरुलाई सही मार्गनिर्देशित गर्न र संस्था सञ्चालनमा सहजताका लागि बलियो पैरवी गर्नुपर्ने उहाँको सुझाव छ ।

उहाँले स्थापना दिवसको कार्यक्रमलाई भाषणमुखी नबनाउन पनि सुझाउनुभएको छ । प्रत्येक वर्ष अभियानका तिनै लिडरहरुले तिनै भाषण दोहोर्याउँदा स्थापना दिवसका कार्यक्रमहरु निरसिलो हुने गरेको उहाँको भनाइ छ ।

देशैभरी टेक्निकल छलफल वा अन्तरक्रिया गरी स्थापना दिवस मनाउनुपर्ने धारणा उहाँको छ । पूर्व सिईओहरुलाई स्थापना दिवसबाहेक अन्य समय नेफ्स्कूनले नसम्झेकोमा पनि निरौलाले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार