Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

उच्च अदालतका २७ न्यायाधीशद्वारा शपथ ग्रहण

उच्च अदालतका २७ न्यायाधीशद्वारा शपथ ग्रहण

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालतको न्यायाधीशमा नियुक्त २७ न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

न्याय परिषद्को यही साउन २२ गते बसेको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार