Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'प्राधिकरणलाई नाफामा लगेर निर्यात पाँच अर्ब पुर्याउनु मेरो सफलता'

'प्राधिकरणलाई नाफामा लगेर निर्यात पाँच अर्ब पुर्याउनु मेरो सफलता'

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकिएको दाबी गर्नुभएको छ ।

अमेरिकाको दुइ साता लामो भ्रमण सकेर बेलायत पुग्नुभएका  घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात पाँच अर्ब रुपैयाँ बढी भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘चार महिना कार्यकाल बाँंकी छंदै कार्यसम्पादन मूल्यांकनमा शून्य दिएर सरकारले मलाई बर्खास्त गरेपनि देशविदेशबाट सम्मान, माया सद्भाव पाएको छु त्यही नै मेरो सम्पत्ति हो ।’

उहाँले अहिले उज्यालो नेपाल अभियान लिएर प्रवासमा रहेका नेपालीलाई जोड्न भ्रमणमा निस्किएको बताउनुभयो । अभियानको मुख्य उद्देश्य नेपालमा समृद्धिको खाका कोर्ने, दोस्रो देश विदेशमा नेटवर्किङ विस्तार र तेस्रो राम्रो पोलिटिकल लिडरसीप टिम जन्माउने रहेको उहाँले प्रष्ट पार्नुभयो ।

बेलायतमा एनआरएनए युकेका दुवै समूहले घिसिङसंग छुट्टाछुट्टै अन्तरक्रिया गर्ने तयारीमा हुनुहुन्छ । राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए युकेले शुक्रबार (१५ अगष्ट)  दिउँसो प्लमस्टेडस्थित गोर्खा क्याप्रिकनमा अन्तरक्रिया राखेको छ भने सोही दिन साँझ प्रेम गाहा मगरले नेतृत्व गरेको एनआरएनए युकेले अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’  कार्यक्रम राखेको छ ।

घिसिङलाई  सोही अवसरमा नागरिक अभिनन्दन पनि गरिनेछ । उहाँ २४ अगष्टमा तमु धिं  युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा विशिष्ट पाहुनाको रुपमा सहभागी हुनुहुनेछ । 

त्यस्तै उहाँले स्कटल्याण्डको भ्रमण गर्नुका साथै  विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । उहाँले युरोपका केही मुलुकहरुको पनि भ्रमण गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार