Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी सिक्दै स्कुले भाइबहिनीहरु

सहकारी सिक्दै स्कुले भाइबहिनीहरु

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा वडा नम्बर ९ स्थित श्री उज्जवलतारा स्कुलका भाइबहिनीहरूले सहकारी विषयमा आज नगरपालिकाको सहकारी तथा उद्यम विकास शाखाबाट जानकारी हासिल गरेका छन् । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारीबारे जानकारी गराउने उद्देश्यले विद्यालयले भाइबहिनीहरुलाई स्थानीय सरकारको सहकारी तथा उद्यम विकास शाखामा लगेको हो ।

उक्त अवसरमा नगरपालिकाको सहकारी तथा उद्यमशीलता विकास शाखाका प्रमुख विश्वास ज्ञवाली लगायत शाखाका कर्मचारीहरुले विद्यार्थी भाइबहिनीहरुका सहकारीसम्बन्धी विविध जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो । यसैगरी, नगरपालिकामार्फत सहकारीको प्रवर्धन तथा विकासका लागि भैरहेका कामहरु तथा भावी योजनाबारे समेत शाखा प्रमुख ज्ञवालीले अवगत गराउनुभएको थियो ।

विद्यालयस्तरबाटै सहकारीसम्बन्धी आधारभूत विषयहरुसँग यसका मूल्य, मान्यता र सिद्धान्तबारे ज्ञान हासिल गर्दा उनीहरुको घरपरिवार मात्र नभइ समुदायमा नै सहकारीबारे सचेतना विस्तार गर्न सहज हुने नगरपालिकाको सहकारी शाखाको भनाइ छ । विश्वास छ । यसले गर्दा विद्यार्थीहरुले पनि स्थानीय सरकारले सहकारीका क्षेत्रका गरेका कामकारवाही बारे जान्न बुझ्न पाउने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार