Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

ट्रम्प-पुटिन समिट: प्रगति भयो तर सम्झौता भएन

ट्रम्प-पुटिन समिट: प्रगति भयो तर सम्झौता भएन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा शुक्रबार पहिलो भेटवार्ता सम्पन्न भएको छ । बन्द कोठामा भएको उक्त भेटका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गरिएको छैन।  यद्यपि छ–सात घण्टा चल्ने भनिएको बैठक तीन घण्टामै समाप्त भयो । वार्तापछि पनि दुबै नेताले प्रेससँग धेरै विषयहरु खुलाउनु भएन ।

करिब १२ मिनेट सञ्चारकर्मीहरु सामू प्रस्तुत हुनुभएका उहाँहरुले वार्ताको प्रगतिबारे अल्प विचार राख्नुभयो तर प्रश्नहरु लिनुभएन । पुटिनले युक्रेनमा शान्तितर्फ मार्गप्रशस्त भएको बताएपनि ट्रम्पले असहमति कायमै रहेको टीप्पणी गर्नुभयो । युक्रेन युद्ध सुरु भएयता दुबै नेताबीचको यो भेटले विश्वको चासो खिचेको थियो । अमेरिकी राष्ट्रपति टम्पले धेरै कुरा मिल्यो, केही विषय बाँकी छन् भनी प्रतिक्रिया जनाउनुभयो । 

ट्रम्पले धेरै प्रगति भएको तर सम्झौतामा नपुगेको उल्लेख गर्नुभयो भने पुटिनले युद्धलाई दुःखद घटनाका रूपमा वर्णन गर्दै द्वन्द्व अन्त्य गर्न इच्छुक रहेको बताउनुभया ।  तर, उनले रुसले द्वन्द्वका प्रमुख कारणहरू हटाउन आवश्यक रहेको धारणा राखेको छ । 

पश्चिममा मुलुकहरुबाट वर्षौं एक्लिएको रुसका राष्ट्रपति पुटिनले करिब एक दशकपछि अमेरिकी भूमि टेक्नुभएको थियो । उहाँलाई अमेरिकी लडाकु विमान र रेडकार्पेटद्वारा स्वागत गरिएको थियो भने समकक्षी ट्रम्पको कारमा उहाँ चढ्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार