काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्यमा सीए महेश खनाललाई नियुक्ति गर्नुभएको छ । सरकारले सदस्य (चार्टर्ड एकाउन्टेन्ट) नियुक्ति गर्ने निर्णय गरेसँगै प्राधिकरणले पूर्णता पाएको हो । खनाल नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र लेखापरीक्षणमान बोर्डका पूर्व अध्यक्ष हुनुहुन्छ ।
सरकारले प्राधिकरणको गत सोमबार विज्ञ सदस्यमा डा रमेश चौलागाईलाई नियुक्त गर्ने निर्णय गरेको थियो । दुबै सदस्यको पद तथा गोपनियताको सपथग्रहण भोली (सोमबार) हुँदैछ ।
मन्त्री अधिकारीले सदस्यहरुको पद तथा गोपनियताको सपथग्रहण दिउँसो १ बजे गराउने कार्यक्रम छ ।
प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा हुनुहुन्छ । त्यस्तै सदस्यहरुमा नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहसचिव मदन कोइराला हुनुहुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com