Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

माल्टामा नेपाल महोत्सव हुने

माल्टामा नेपाल महोत्सव हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले मे १४ मा नेपाल महोत्सव आयोजना गर्ने भएको छ। नेपाली नव वर्ष २०८२ को अवसर पारेर गर्न लागिएको नेपाल महोत्सवमा नेपाली कला संस्कृति झल्काउने विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ।

'नेपाललाई विश्व सामु चिनाऔं' भन्ने अभियानका साथ कला, संस्कृति, पर्यटन प्रवर्द्धन अनि नेपाल र माल्टा बीचको संस्कति आदानप्रदान, दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने र विदेशमा मिनी नेपाल झल्काउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको कार्यक्रममा युरोपका विभिन्न देशमा रहेका नेपालीहरूको सहभागिता रहने विश्वास लिइएको छ । कार्यक्रमको संरक्षक नेपाली दूतावास स्पेन रहेको छ भने पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार