Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

आकाश डिजिटल तथा एकीकृत फ्रेण्डसिप साकोसबीच सम्झौता

आकाश डिजिटल तथा एकीकृत फ्रेण्डसिप साकोसबीच सम्झौता

काठमाडौं । जिरी नगरपालिका-५, लिङ्कन बजार, दोलखास्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. र आकाश डिजिटल प्रा. लि. बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

२०४८ साल चैत्र ३ गते स्थापना भएको एकीकृत फ्रेण्डसिप सहकारीले अहिलेसम्म १६ वटा सहकारीलाई सफलतापूर्वक एकिकरण गरिसकेको छ । केन्द्रीय कार्यालय सहित १४ सेवा केन्द्रमार्फत व्यावसायिकता र गुणस्तरीयता कायम गर्दै संस्थाले अन्तर्राष्ट्रिय स्तरको ACCESS Branding कार्यक्रममा सहभागिता जनाएको छ। साथै, PROBATION Brand लगायत  जिल्ला तथा राष्ट्रिय सम्मान तथा पुरस्कारहरू पनि प्राप्त गरिसकेको छ। एकीकृत फ्रेण्डसिप साकोसमा हाल बाल बचतकर्तासहित २०,६६५ सदस्य आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार