नयाँ दिल्ली । भारतले त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले दोहोर्याउँदै आएको दाबीलाई पुनल् अस्वीकार गरेको छ। नेपालले बुधबार सार्वजनिक गरेको विज्ञप्तिपछि भारतले आफ्नो अडान स्पष्ट पारेको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको विज्ञप्तिमा लिपुलेक मार्गमार्फत भारत–चीनबीच हुने व्यापार दशकौँदेखि नियमित रहेको उल्लेख छ। उहाँका अनुसार, “लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो। पछिल्ला वर्षमा कोभिडलगायत कारणले अवरुद्ध भए पनि अहिले पुनः सुरु गर्ने सहमति दुई देशबीच भएको छ।”
यस्तै, लिपुलेकमा नेपालको भौगोलिक दाबीबारे उहाँले स्पष्ट अस्वीकृति जनाउँदै “यस किसिमका दाबी कुनै ऐतिहासिक आधार वा प्रमाणमा टिक्दैनन्। एकतर्फी रूपमा नक्सा विस्तार गरेर भूभागलाई आफ्नो भन्नु स्वीकार्य हुँदैन” भन्नुभएको छ।
यसअघि बुधबार नै नेपाल सरकारको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न हिस्सा भएको अडान दोहोर्याएको थियो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौड्याल क्षेत्रीले भारतलाई सो क्षेत्रमा सडक विस्तार, सीमा व्यापार वा अन्य गतिविधि नगर्न आग्रह गर्दै आएको स्मरण गराउनुभयो । साथै, यसबारे मित्रराष्ट्र चीनलाई समेत जानकारी दिइएको उहाँको भनाइ थियो।
यद्यपि, भारतले बाँकी सीमा विवादलाई संवाद र कूटनीतिक माध्यममार्फत समाधान गर्न तयार रहेको जनाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com