काठमाडौं । आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । बुवा हुनेहरुले कुसे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् भने बुवा नभएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र बागगमती नदी किनारमा श्राद्ध गर्दछन् । काठमाडौंको गोकर्णेश्वर मन्दिर परिसरमा आज दिनभर घुइँचो लागेको छ । कुशे औंसीलाई गोकर्ण औंसी पनि भनिन्छ । उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा घुइँचो लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औंसी पनि भनिएको हो ।
पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्ध गर्नेहरुको गोकर्णेश्वरका साथै पशुपति मन्दिर क्षेत्रमा घुइँचो लागेको थियो । बागमतीको संगम तीर्थ गोकर्ण दोभानमा दिवंगत बाबुका नाममा छोराछोरीले सिदा दान तथा श्राद्ध गर्ने प्रचलन छ । आज विशेषतः बाबु नभएका मानिस त्यहाँ पुगेका थिए । औंसीका दिन गोकर्ण तीर्थमा बाबुको अनुहार देखिन्छ भन्ने हिमवत खण्डको कथामा पनि उल्लेख छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com