काठमाडौं । पशुअधिकारकर्मी सृष्टि सिंह श्रेष्ठले अहिंसावादीहरुले सबैप्रकारका क्रुरताहरु विरुद्ध संगठित आवाज उठाउनुपर्ने बताउनुभएको छ । क्रुरतारहित जीवन शैली, शाकाहारी जीवनशैली वा पूर्ण शाकाहारी (भिगन) जीवनशैलीमा जोड दिनेहरुले अन्य सबै प्रकारका पशुहरु (खासगरी जंगली जनावरहरु) प्रति हुँदै आएको क्रुरताको पनि विरोध गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
काठमाडौंमा जारी अहिंसा महोत्सव नेपाल २०८२ को दोस्रो दिन आज प्रस्तुतीकरण गर्दै श्रेष्ठले न्यायका अन्य आन्दोलनहरु हामीले बिर्सने गरेकोतर्फ सचेत तुल्याउनुभयो । शाकाहारी (भेजिटेरियन) वा पूर्ण शाकाहारी (भिगन) मात्र भएर नपुग्ने बरु अन्य प्रकारका पशु क्रुरताबारे पनि बोल्नुपर्ने उहाँको भनाइ थियो ।
‘म झुसिलीकीरा देखि हात्तीसम्मको अधिकार रक्षाका लागि काम गर्छु, ’ श्रेष्ठले भन्नुभयो, ‘संरक्षण र भिगन अभियान अलग होइनन, यी अन्तरम्बन्धित छन् । र, सार्वजनिक फोरमहरुमा जब यिनलाई अलग गरेर तर्क र प्रस्ततिहरु गरिन्छन्, तब मलाई चित्त दुख्छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘जनावरहरु हाम्रा ऐना हुन् ।’
भिगन भएको करिब १४ वर्ष भएको सुनाउँदै उहाँले पशुअधिकारका साथसाथै न्याय, समानता र अधिकारका अन्य मुद्दाहरुसँग पशुअधिकारको सम्बन्धबारे आफूले अध्ययनसँगै काम पनि गरेको चर्चा गर्नुभयो ।
उहाँले भन्नभुयो, ‘वातावरण संरक्षणको क्षेत्रमा काम गर्नेहरु शाकाहारी समेत हुँदैनन भिगन (पूर्ण शाकाहारी) त परै जाओस् । ‘संरक्षणकर्ताहरुले भेजिटेरियनिजम र भिगनीजमको कुरा गर्दैनन्, ’श्रेष्ठले भन्नुभयो, ‘र, जब हामी भिगनीजमको कुरा गर्छौं, त्यहाँ मानिसहरुले वन्यजन्तु संरक्षणको कुरा गर्दैनन् ।
र, यी दुई विषयहरु विच्छेद गरिएको (अलग पारिएको) उहाँको भनाइ थियो । ‘हुनुपर्ने भनेको यी दुई सँगसँगै हो तर अफसोच् अलग गरिएको छ, ' श्रेष्ठले आफ्नो प्रस्तुतीकरणमा भन्नुभयो, ‘मैले आज पनि यहाँ वनस्पतिमा आधारित जीवनशैलीबारे यहाँ सुनेँ, खाद्य प्रणालीबारे सुनेँ, करुणाबारे सुनेँ, र मैले नसुनेको विषय भनेको वन्यजन्तु संरक्षणको विषय हो । संरक्षणका तरिकाबारे रुख तथा वनहरुबारे मैले सुनिनँ । किनभने रुख काट्नुपनि हिंसा नै हो ।’
उहाँले भिगन अभियान न्यायको सम्पूर्ण होइन मात्र एउटा अभियान भएको बताउनुभयो । न्यायको वा क्रुरतारहित जीवनशैलीको कुरा गर्ने हो भने कुनै निश्चित पशुको मात्र होइन सम्पूर्ण पशुप्रतिको क्रुरता अन्त्य गर्नुपर्ने बताउनुभयो । खासगरी जंगली जनावरहरुप्रतिको क्रुरताका विषयहरुमा पनि अधिकारवादीहरु र अहिंसावादीहरुले बोल्नुपर्ने धारणा उहाँको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com