Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

मनाइयो गौरा पर्व

मनाइयो गौरा पर्व

काठमाडौँ। सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका छन् ।  काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरेर उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन् ।

उक्त पर्वमा टुँडिखेलमै देउडा गीत गाउँदै र नाच्‍दै रमाइलो गरेका छन् । साथै महिलाहरूले सुदूरपश्‍चिमको सांस्कृतिक रूपमा परम्परागत पोसाक लगाएर देउडा नाचेका छन् ।

यो पर्व चन्द्रमास अनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार