Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आन्दोलनरत दुग्ध किसान र सरकारबीच ६ बुँदे सहमति

आन्दोलनरत दुग्ध किसान र सरकारबीच ६ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत दुग्ध किसान र सरकारबीच सहमति भएको छ । बक्यौता रकम दशैँअघि भुक्तानी गर्ने सहमति भएसँगै किसानले आन्दोलन पनि स्थगित गरेका छन् । आज कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव पशुपति ढुङ्गाना र केन्द्रीय दुग्ध सहकारी सङ्घ, डेरी उद्योग सङ्घ, नेपाल डेरी एसोसिएशनका पदाधिकारीबीच ६ बुँदे सहमति भएको हो ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले मात्र दुग्ध किसानलाई तिर्नुपर्ने बक्यौता झन्डै १ अर्ब रुपैयाँ रहेको छ । किसानले सरकारी र निजीबाट गरी झन्डै ३ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।
दुग्ध उत्पादक कृषकलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार मसान्तसम्मको २०८२ असोज ५ गतेभित्र गर्ने सहमति भएको छ।

यसैगरी, साउनमसान्त सम्मको बाँकी बक्यौता रकम वि।सं। २०८२ असोज ३० गतेभित्र, भदौ मसान्तसम्मको बाँकी बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको छ। त्यसपछि बाँकी रकम नियमित रूपमा भुक्तानी गर्दै जाने र नियमित भुक्तानी गर्ने उद्योगीले सोहीवमोजिम गर्ने सहमति भएको छ।

540763248_122184876908304635_1607592153528569469_n.jpg
६ बुँदे सहमति

 

541785354_122184876968304635_8073455678014201177_n.jpg
६ बुँदे सहमति

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार