काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवस भाद्र २० को अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलाई सम्मानित गरेको छ । वर्ष भरी प्रहरीले गरेको मानव बेचबिखन विरुद्धको कार्य विवरणका आधारमा महिला तथा बालबालिका मन्त्रालयको छनौट समितिले जिल्ला प्रहरी कार्यालय पर्सालाई प्रथम छनोट गरी त्यहाँका प्रमुख मिश्रलाई सम्मानित गरेको हो ।
७७ वटा जिल्ला मध्ये भएको प्रतिस्पर्धामा पर्सा प्रहरी प्रमुख मिश्र अब्बल ठहरिनुभएको हो । प्रहरी उपरीक्षक गौतम मिश्र ७ महिना अगाडि जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएपछि मानव बेचबिखन सम्बन्धी कसुरको विरुद्धमा दह्रो अभियान शुरु गर्नुभएको थियो ।
उहाँ हाजिर भए पश्चात् १५ वटा मुद्दा दर्ता, १७ जना अभियुक्त पक्राउ गरी सफल अनुसन्धान, करिब ३०० जना जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई सकुशल उद्धार गरी मानव बेचबिखन सम्बन्धी ३५० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न सरोकारवाला निकायहरूसँग समय समयमा गरिएका अन्तरक्रिया कार्यक्रमले समग्र जिल्लामा यस्ता किसिमका अपराधहरूको न्यूनीकरण गर्नुका साथै कानूनी दायरामा ल्याउन अहम् भूमिका खेल्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com