Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सेजन अध्यक्षमा भागवत भट्टराई बिजयी

सेजन अध्यक्षमा भागवत भट्टराई बिजयी

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को शनिबार सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाले भागवत भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सेजन अध्यक्षको लागि भट्टराई, विश्वार रेग्मी र आशा थपलियाको उम्मेदारी परेको थियो । निर्वाचन परिणाम अनुसार भट्टराई ११० मत ल्याएर बिजयी हुनुभएको हो भने रेग्मीले ९२ र थपलियाले ४१ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा जीवनकुमार बस्नेत र सचिबमा शंकर पण्डित निर्विरोध बिजयी हुनुभएको छ ।

यस्तै, महासचिवमा १३९ मतसहित कमल बस्नेत बिजयी हुनुभएको छ । उहाँको प्रतिद्धन्दी अच्युत पुरीले १०४ मत प्राप्त गर्नुभएको थियो । यस्तै कोषाध्यक्षमा १३३ मतसहित केशु लामिछाने विजयी हुँदा अर्का उम्मेदबार ममता थापाले १०८ मत प्राप्त गर्नुभयो ।

कार्यसमितिका पाँच  सदस्यहरुमा राजु बास्कोटा १५९, कमल धिताल १८५, अर्जुन तामाङ १४१, भोजराज भण्डारी १४७ र सीमा तामाङ २०० मत ल्याएर बिजयी हुनुभएको छ । सदस्यका उम्मेदबार भरत रावलले भने १३१ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा २४६ मत खस्दा एक मत बदर भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार