Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सरकारले नैतिक वैधानिकता गुमायो: मानवअधिकार तथा शान्ति समाज

सरकारले नैतिक वैधानिकता गुमायो: मानवअधिकार तथा शान्ति समाज

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले सरकारले नैतिक वैधानिकता गुमाएको जनाएको छ । शान्ति समाजले सोमबार आज विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताले आह्वान गरेको विरोध प्रदर्शनको क्रममा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने कार्य निन्दनीय रहेको प्रतिक्रिया जनाएको छ ।  

'भ्रष्टाचारको विरोध र सरकारले स्वेच्छाचारी तवरले केही सामाजिक सञ्जाल प्लाटफर्महरूलाई बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य निन्दनीय छ,' विज्ञप्तिमा भनिएको छ । 

आफूले गरेका भ्रष्टाचारको ढाकछोप गर्न नागरिक मार्ने कार्य बर्बर एवं जघन्य अपराध रहेको समाजले ठहर गरेको छ । 'नागरिकमाथि क्रुरताको प्रदर्शन गर्ने सरकार लोकतान्त्रिक हुुन सक्दैन तसर्थ यो सरकारले नैतिक वैधानिकता गुमाइसकेको धारणा शान्ति समाजको छ । यस्तो क्रुरताको लागि जिम्मेवारहरुलाई दण्डित गर्नु आवश्यक छ.' विज्ञप्तिमा भनिएको छ, 'स्वाभिमान युवाहरू भ्रष्ट नेताहरूको नेतृत्वबाट मुक्ति चाहन्छन् । देशमा सुशासन चाहन्छन् । स्वतन्त्रताको पक्षमा उभिन्छन् र कुुनै पनि निरंकुशताको विरोध गर्छन् । देशव्यापी रुपमै त्यस्तो आवाज उठाउँदा गोली हानेर नागरिकको हत्या गर्ने कार्यको जति निन्दा गरे पनि कम हुन्छ ।'

भ्रष्टाचारविरुद्ध र स्वतन्त्रताको पक्षमा गरिने कुनै पनि आन्दोलनमाथि दमन गर्नु हुँदैन भन्ने मान्यता शान्ति समाजको रहेको जनाएको छ । विज्ञप्तिमा थप भनिएको छ, 'यस्ता आन्दोलनहरू पनि तोडफोड र अराजकताबाट सधैँ मुक्त हुनुपर्छ । सुशासन र स्वतन्त्रताका लागि गरिने आन्दोलनहरू सदैव संयमित हुनुपर्छ ।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार