Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
स्थानीय निकाय

'हामीले आजबाट सेवा सुचारु गर्यौ'

'हामीले आजबाट सेवा सुचारु गर्यौ'

काठमाडौं । सेप्टेम्बर ८ (भदौ २३) मा शुरु भएको जेनजी प्रदर्शनका क्रममा परिस्थिति प्रतिकूल बनेपछि बन्द गरिएको कागेश्वरी मनोहरा नगरपालिका ५ नम्बर वडा कार्यालयले आजबाट सेवा सुचारु गरेको छ । करिब ६ दिनको स्थगनपछि आज भदौं २९ गते आइतबारबाट सेवाप्रवाहका यावत काम सुचारु गरिएको वडा सचिव रामकृष्ण अर्यालले जानकारी गराउनुभयो ।

जेन्जी प्रदर्शनको नाममा केही अराजक समूहले वडा कार्यालय नजिक रहेको नगरपालिका कार्यालयमा ढुंगामुढा गरी सिसाहरु फुटाउनुसाथै प्रहरी वृत्तमा आगजनी र तोडफोट गरी क्षति पुर्याएको थिए । भदौ २३ गते बिहानैबाट प्रदर्शनकारीहरु वडा कार्यालयतर्फ पनि अघि बढेका कारण आफूले बाहिरबाटै बन्द गर्न खबर गरेको सचिव अर्यालले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।

‘भाग्यवश हाम्रो वडा कार्यालयमा त्यस्तो कुनै अप्रिय घटना भएन त्यसैले परिस्थिति बिस्तारै साम्य भएका कारण नगर प्रशासनसँग समन्वय गरेर आजबाट कार्यालय सञ्चालन गरेका छौं, ’सचिव अर्यालले भन्नुभयो, ‘हामी सबै हिसाबले सुरक्षित छौं, आवश्यक पूर्व सावधानी र तयारी गरेर हामीले कार्यालय सञ्चालन गरेका छौं । सेवाग्राहीहरुलाई यहाँबाट उपलब्ध गराउँदै आएको सबै प्रकारका सेवा उपलब्ध गराउन थालेका छौं ।’

यद्यपि, राजश्व संकलन लगायत सबै काम अनलाइन प्रणालीबाट हुने भएकाले स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयर नचलेका कारण भने केही समस्या भएको सचिव अर्यालले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सुत्र नचल्नु माथिकै समस्या हो हाम्रो होइन, तर हाम्रो वडाबाट गर्न सकिने व्यक्तिगत घटना दर्तादेखि सामाजिक सुरक्षा, व्यवसाय दर्ता नविकरण, लगायत प्रशासनिक काम सुचारु गरेका छौं । आशा छ सुत्र पनि चाँडै चल्यो भने काम गर्न थप सहज हुन्छ । कर्मचारीहरु सबै आउनुभएको छ । हामीलाई अरु समस्या छैन ।’

आजबाट सेवा सुचारु भएपनि सेवाग्राहीहरुको उपस्थिति निक्कै कम भेटिन्थ्यो । सचिव अर्यालले भन्नुभयो, ‘भर्खर खुलेको छ, सेवाग्राहीहरुलाई पनि यहाँ सेवा लिएर अर्को ठाउँको सेवा पनि एकैपटक लिनुपर्दा ती अन्य कार्यालयहरु खुल्ने तयारीमै रहेका कारण उहाँहरुले पर्खनुभएको हुनसक्छ ।

यसैबीच, कागेश्वरी मनोहरा नगरपालिकाको शाखा प्रमुख तथा वडा सचिवहरुको आजै अपरान्ह बस्ने बैठकले सबैतिर सेवा प्रवाहलाई कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरी आवश्यक निर्णय लिने बुझिएको छ ।

यसैबीच, वडा कार्यालय भवनभित्रै रहेको हुलाक कार्यालय भने असहज अवस्थामा पनि खुला नै रहेको थियो । सेवाग्राही नभएपनि हुलाक कार्यालमा भने कर्मचारीहरु उपस्थित भएको जानकारी गराउनुभयो ।

DSC06448_11zon.jpg
वडा कार्यालयकी कर्मचारी
DSC06434_11zon.jpg
वडा कार्यालयकी कर्मचारी
DSC06440_11zon.jpg
वडा कार्यालयकी कर्मचारी
DSC06457_11zon.jpg
वडा कार्यालयकी कर्मचारी
DSC06403_11zon.jpg
वडा कार्यालय भित्रै रहेको हुलाक कार्यालयका कर्मचारी
DSC06402_11zon.jpg
वडा कार्यालयभित्रै रहेको हुलाक कार्यालयका कर्मचारी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार