Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भोलि देखि सुपथ मूल्य पसल सञ्चालनमा आउने

भोलि देखि सुपथ मूल्य पसल सञ्चालनमा आउने

काठमाडौं । भोलि देखि देशभरि सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ भदौमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा सरकारी सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने तयारी गरेका हुन् ।

जेनजी आन्दोलनका कारण देशभरि ७२ जनाको मृत्यु र सरकारीसँगै निजी उद्यम–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भएपछि  सहुलियत पसल सञ्चालनमा नआउने अन्योल छाएको थियो । अन्योल छाएको थियो ।

यसबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकिएकै मिति अर्थात् भोलिदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार