Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'जितिया पर्वले आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस्'

'जितिया पर्वले आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस्'

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । 
बहु जातीय, बहुभाषिक, बहु धार्मिक एवं बहु सांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा मानवीय जीवन र भविष्यका लागि मार्गदर्शक यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाइ खाने र खुवाउने प्रचलन परापूर्व कालदेखि चल्दै आएको छ ।

जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र  निरन्तरता एवम् आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उनले सन्देशमा व्यक्त गरेका छन् ।

यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याइ आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना उनले सन्देशमार्फत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार