काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा विदेशमा रहेका नागरिकले पनि मतदान गर्न मिल्ने गरी कानुनी बाधा फुकाउने छलफल शुरु भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गरी विदेशमा रहेका नागरिकको मताधिकार सुरक्षित गर्नेबारे कामअघि बढाउन लागेका हुन्।
पुरानो ऐन नियमले थोरै छेक्ने भएपनि ऐन नियमको बाधा कसरी खोल्ने भन्नेबारे जानकारी गराएर समाधानका लागि के गर्न सकिन्छ भन्नेबारेमा छलफलमा भएको आयोगले जनाएको छ ।
मन्त्री अर्यालले पनि कम्तीमा समानुपातिकतर्फमात्रै भए पनि मतदानको अधिकार सुनिश्चित गराउने गरी काम अघि बढाइने बताए।
'समानुपातिकतर्फ मात्रै भए पनि मताधिकार सुनिश्चित गराउनुपर्ने बाध्यात्मक अवस्था छ,' उनले भने, 'सर्वोच्च अदालतले पनि यसबारे आदेश गरिसकेको छ। आयोगले बाधा केके कारणले भएको हो भन्ने पहिचान गरेर खुलाउने, सरकारले आवश्यक ऐन बनाएर त्यसलाई अघि बढाउनेछ।'
उनले सम्बन्धित देशका राजदूतावासमा मतदानको व्यवस्था मिलाएर मताधिकार सुनिश्चित गर्ने गरी सरकार अघि बढेको सुनाए।
प्रतिनिधिसभा विघटन भइसकेकोले सरकारले अत्यावश्यक कानुनहरू अध्यादेशमार्फत ल्याउनेछ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com