काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले शासकीय आकांक्षा बोकेर नभइ मुलुक संकटमा परेको बेला युवाहरूको अनुरोधमा संविधानको भावना अनुसार ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन गराई जनप्रतिनिधिमार्फत सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्यसहित सरकारको नेतृत्व लिएको बताएकी छिन् । उनले प्रधानमन्त्रीको पद कुनै पदलोभ वा व्यक्तिगत आकांक्षाबाट नभई, संकटमा रहेको मुलुकलाई संक्रमणकालीन व्यवस्थापन गर्न युवाको आग्रहमा जिम्मेवारी सम्हालेको उल्लेख गरिन्।
उनले नागरिकको आवश्यकता र आकांक्षा समयसँगै बदलिने हुँदा राज्यले पनि समयानुकूल परिवर्तन र सुधारको बाटो लिनुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले वर्तमान अन्तरिम सरकार नागरिकका साझा अपेक्षा र राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको पनि बताइन् । उनले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताएकी छन् । संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएको कारणले पनि युवा आन्दोलनको जन्म भएको उनको ठहर छ ।
संविधान दिवसको अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले जनताको गुणस्तरीय जीवन, पारदर्शिता, कानुनी समानता, सुशासन, भ्रष्टाचारको अन्त्य र समावेशी विकासजस्ता एजेण्डालाई सरकारले मुख्य प्राथमिकता दिने स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘सूचना प्रविधिको विकास र अन्तराष्ट्रिय नागरिकमैत्री शासन प्रणालीका बारेमा सचेत युवा पुस्ताले उठाएका विषयहरू-रोजगारी, पारदर्शिता, कानुनी समानता, सुशासन-आजको दिनमा सबै पुस्ताको साझा अपेक्षा हुन् । यस्ता एजेण्डालाई आत्मसाथ गर्दै वर्तमान सरकार अगाडि बढ्नेछ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com