५ असोज, काठमाडौं। रूसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन्। बुद्धिस्ट राष्ट्रहरूबीच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता ९ टिमका खेलाडीहरूले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरेका छन्।
प्रतिस्पर्धामा आयोजक क्याल्मिकिया २०.५ अंक सहित प्रथम भएका छन्। रसियाकै बुयाटिया टिमले १८ अंक जोड्दै दोस्रो स्थान ओगट्न सफल भएका छन्। स्पर्धामा फिलिपिनी टिम १५.५ अंक तेस्रो, थाइल्याण्डको टिम १५ अंक चौथो, रसियाकै टाइभाको टिम १४.५ अंक पाँचौं स्थानमा रहे। यस्तै नेपालले १२.५ अंक जोडेर छैठौं स्थानमा रहन सफल भएका छन्। म्यानमार ११.५ अंकमा सातौं, भारत ८ अंक सहित आठौं स्थान र लावसले सात अङ्क बनाएर नवौं स्थान प्राप्त गर्दै र्यापिड खेल टुङ्ग्याएका छन्।
प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट खेल प्रदर्शन गर्दै हंगेरीका शीर्ष वरियता खेलाडी जिएम स्जुगिरोभ सनानले एकल आठ अंक जोडे भने रसियन ग्रान्ड मास्टर साइडाइपो झम्सारन ७.५ अंक, रसियन जिएम सोगडीझिएफ रोमन ६.५ अंक बनाए। यसै फिलिपिन्सका जिएम क्विजोन ड्यानियल, रसियन डब्लूजीएम कोभानोभा बैरे र उत्नासुनोभ एलेक्जेन्डरले समान ६-६ अंकको योगदान दिएका छन्। जिएम, डब्लूजिएम,आइएम, एफएम टाइटल बोकेका उत्कृष्ट विदेशी खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने क्रममा नेपालका सीएम पुरुषोत्तम सिलवालले आफ्नो टिमका लागि ५ अंकको योगदान दिन सफल भएका छन्।
नेपाली महिला खेलाडी सिन्दिरा जोशीले ३ अंक जोडिन् भने एमेच्योर खेलाडी शैलेन्द्र न्यौपानेले ४.५ अंकको योगदान दिएका छन्। प्रतियोगिताको अर्को अन्तर्राष्ट्रिय ५ मिनेट ३ सेकेन्ड इनक्रिजमेन्ट रहने ब्लिट्ज खेल आइतबारबाट सुरु हुनेछ। रसियन चेस फेडरेसनसँग दुई देशीय दौत्य सम्बन्ध कायम गर्न रुस पुगेका नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन प्रति सन्तोष व्यक्त गरेका छन्। अध्यक्ष हेराकाजी महर्जनले नेपालका सीएम पुरुषोत्तम सिलवालको खेल परिकृष्ट हुँदै गइरहेको जानकारी गराउँदै चौथो र छैटौ वरियताका आइएम तथा जीएमलाई पराजित गर्नु असाधारण रहेको बताए।
नेपालमा आइएम बन्ने सम्भावना भएका युवा खेलाडीहरूलाई बढी से बढी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराउँदै लक्ष्य प्राप्त गर्न तर्फ महासंघ अघि बढिरहेको जनाए। विगतमा पनि महासंघले विवेक थिङ, रुपेश जयसवाल र सौरभ प्रधानलाई रसियाको युनिभर्सिटीमा बुद्धिचाल खेल अध्ययनका लागि ५ वर्षीय छात्रवृत्ति प्रदान गरेको स्मरण गराउँदै यस अभियानलाई पुनः सुचारु गर्न रसिया आएको जानकारी गराएका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com