Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

गुहेश्वरीमा नवरात्री महोत्सव शुरु (तस्बिरहरु)

गुहेश्वरीमा नवरात्री महोत्सव शुरु (तस्बिरहरु)

काठमाडौं । श्री माँ भवानी दुर्गा फाउन्डेशनको आयोजनामा काठमाडौंको गुहेश्वरीमा महानवरात्री महोत्सव आजबाट शुरु भएको छ । महोत्सवको प्रारम्भमा कलश यात्रा गरिएको छ । कामनपा ९ भिमसेनगोलामा रहेको फाउन्डेशनले विगत लामोसमयदेखि बडा दसैँको अवसरमा महोत्सव आयोजना गर्दै आएको संस्थाका अध्यक्ष लोचन यादवले जानकारी गराए ।

हिन्दुहरुको महान चाडको अवसरमा शुभकामना आदान प्रदान गर्ने, भेटघाट गर्ने र धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिने यादवले बताए । दशमीसम्म चल्ने महोत्सवमा सप्तमीको बिहान पुजा पाठ सकेर फुलपाती भित्राएपछि मात्रै देवीहरुको नेत्र दर्शन गराउने प्रचलन छ । सोही कारण देवीहरुको आँखा कागजले छोपिएको छ । खासगरी मिथिला संस्कृतिमा आधारित रही आयोजना गरिएको महोत्सवको आज प्रथम दिन मैथिली भाषी नेपालीहरुको बाहुल्यता रहेको थियो ।

DSC07264_11zon.jpg
undefined
DSC07249_11zon.jpg
undefined
DSC07276_11zon.jpg
undefined
DSC07257_11zon.jpg
undefined
DSC07238_11zon.jpg
undefined
DSC07271_11zon.jpg
undefined
DSC07321_11zon.jpg
undefined
DSC07272_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार