एजेन्सी । संयुक्त राष्ट्रसंघको वार्षिक महासभा बैठकअघिको उच्चस्तरीय शिखर सम्मेलनमा फ्रान्ससहित ६ देशका नेताहरूले प्यालेस्टाइनलाई औपचारिक रुपमा राज्यको मान्यता दिने घोषणा गरेका छन् ।
सोमबार न्युयोर्कमा साउदी अरेबियासँगै बैठक आह्वान गर्ने फ्रान्ससँगै अन्डोरा, बेल्जियम, लक्जेम्बर्ग, माल्टा र मोनाकोले पनि प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरेका हुन् ।
अस्ट्रेलिया, क्यानाडा, पोर्चुगल र बेलायतका नेताहरूले पनि बैठकमा सम्बोधन गरेका थिए । यी देशहरूले भने एक दिनअघि नै प्यालेस्टाइनलाई मान्यता दिने औपचारिक घोषणा गरेका थिए ।
‘हामी यहाँ भेला भएका छौँ, किनभने समय आएको छ,’ राष्ट्रपति म्याक्रोनले इस्रायल–प्यालेस्टाइन द्वन्द्वलाई अन्त्य गर्न लामो समयदेखि रोकिएको दुई राज्य समाधानलाई पुनर्जीवित गर्ने उद्देश्यले बोलाइएको शिखर सम्मेलनमा भने ।
‘दुई राज्य समाधानको सम्भावना सुरक्षित गर्न हामीले सक्दो प्रयास गर्नु हाम्रो जिम्मेवारी हो,’ म्याक्रोनले जोड दिए । ‘आज, म घोषणा गर्दछु कि फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ,’ उनले भने ।अहिले थपिएका यी देशहरूसहित यस वर्ष अप्रिलसम्म १९३ संयुक्त राष्ट्र सदस्य राष्ट्रमध्ये करिब १४७ देशले औपचारिक रूपमा प्यालेस्टाइनलाई मान्यता दिइसकेको अल जजिराले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुदायको ८० प्रतिशतभन्दा बढीले प्यालेस्टाइनलाई मान्यता दिएकाले गाजामा जारी नरसंहारपूर्ण युद्धलाई लिएर इजरायलमाथि कूटनीतिक दबाब झन् बढेको छ । यस युद्धमा हालसम्म ६५,३०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् र पूरै क्षेत्र भग्नावशेषमा परिणत भएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com