Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

११ वर्षमा अल्ट्राबाईट इन्टरनेशनल, उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने दृढ संकल्प

११ वर्षमा अल्ट्राबाईट इन्टरनेशनल, उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने दृढ संकल्प

काठमाडौं : सूचना प्रविधि क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल अल्ट्राबाइट इन्टरनेशनल प्रालि स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ।

सन् २०१४ मा सुरु भएको यस कम्पनीले SEO (Search Engine Optimization), Web Design & Development, Digital Marketing, Reputation Management, Staff Augmentation, Business Process Automation, Social Media Management जस्ता आधुनिक सेवा प्रदान गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ।

कम्पनीले नेपालमै मात्र नभई विदेशका व्यवसाय र संस्थाहरुसम्म सेवा पुर्याउँदै, प्राविधिक दक्षता र ग्राहक विश्वासलाई प्रमुख आधार बनाएको कम्पनीको दाबी छ । यस यात्रामा अल्ट्राबाइटले विभिन्न व्यवसायिक वेबसाइट, अनलाइन समाचार पोर्टल र संस्थागत प्लेटफर्म तयार गरी सूचना प्रविधि क्षेत्रको विश्वसनीय नामको रुपमा आफूलाई स्थापित गरेको छ।

कम्पनीले विकास गरेको AlphaOcto.com निकै प्रभावकारी र लोकप्रिय छ । यो एउटा नविनतम विजनेश अटोमेशन सिस्टम हो । AlphaOcto.com भन्नाले एउटा डिजिटल प्लेटफर्म हो, जसले CRM, HR Management, Lead Management System,  Appointment System जस्ता सुविधा प्रदान गर्छ।

यसले विभिन्न स्रोतबाट डेटा संकलन गरेर विश्लेषण गर्छ, त्यसपछि SMS, Email र Telemarketing मार्फत व्यवसायलाई लक्षित ग्राहकसम्म पुग्न सजिलो बनाउँछ। छोटकरीमा AlphaOcto व्यवसायको लागि सम्पूर्ण डेटा, CRM र मार्केटिङ समाधान हो । 

कम्पनीले यस प्रडक्टमा विशेष अफर समेत ल्याएको छ । ११ औं स्थापना दिवसको अवसरमा १२ महिनाको लागि १३ ग्राहकको लागि नि:शुल्क दिने जनाएको छ। यो लिंक (https://tinyurl.com/ultrabyte11anniversary) मा गएर अफरमा सहभागि जनाउन सकिने कम्पनीले जनाएको छ ।

स्थापना दिवसको अवसरमा कम्पनीले ग्राहक वर्ग, कर्मचारी तथा सरोकारवाला निकायहरूमा हार्दिक आभार र कृतज्ञता व्यक्त गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमर भट्टराइले आगामी दिनमा सेवा र सुविधाहरूमा नविनता ल्याउने प्रतिबद्धता जनाउँदै भने, “ग्राहकको सल्लाह, सुझाव र गुनासोहरूलाई सही ढंगले व्यवस्थापन गर्दै उत्कृष्ट सेवा प्रवाह गर्ने हाम्रो उद्देश्य हो।”

त्यसैगरी कम्पनीले ग्राहक र सेवा प्रयोगकर्ताहरूको आवश्यकता तथा उद्देश्यलाई मध्यनजर राखेर नयाँ प्रोडक्टहरूको विकासमा जोड दिने जनाएको छ। प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदान गर्दै भरपर्दो र उत्कृष्ट कम्पनीको रुपमा आफूलाई स्थापित गर्ने दृढ संकल्पसहित सबै सरोकारवालाप्रति कम्पनीले आफ्नो कृतज्ञता प्रकट गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार