Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सम्भव भएसम्म डिजिटल कारोबार गरौं: अर्थ मन्त्रालय

सम्भव भएसम्म डिजिटल कारोबार गरौं: अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले विद्युतीय कारोबारमार्फत भुक्तानीका लागि आग्रह गरेको छ । चाडपर्वको समयमाठुलो परिणाममा नगद घरमा नराख्न आग्रह गर्दैडिजिटल कारोबारका लागि मन्त्रालयले सबैलाई प्रोत्साहन गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानीमार्फत गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको सम्बन्धमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको समेत जनाएको छ ।

त्यस्तै स्रोत खुलेको र प्रचलित कानूनबमोजिम आय आर्जन भएको रकम आफूसँग राख्न व्यवधान नरहेको समेत मन्त्रालयले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार