काठमाडौं । बडा दसैँको सातौ दिन आज अपरान्ह असनमा भेटिए–जीवन केसी । १९ वर्षका उनी असन कमलाक्षीको सिता एण्ड विशेष फेन्सी स्टोरमा विगत दुई महिनादेखि काम गरिरहेका छन् । तीन महिनाअघि काठमाडौं आएका उनी दशैंका लागि भोलि साँझ घर फर्कदैछन् । वास्तवमा उनी दशैंका लागि मात्र होइन अब काठमाडौं छोडेरै दाङ फर्कदैछन् । आखिर किन त ?
जीवन भन्छन्, ‘अब घर गएपछि आउदिनँ । उतै पढ्छु । पढ्नको लागि काठमाडौं आएको तर कमाइ नै हुदो रहेनछ । पसलमा बिहानदेखि बेलुकीसम्म काम गरेर पढ्ने अवस्था हुँदैन । भनेजस्तो काम पनि पाइन्न र पाए पनि पढ्ने समय मिल्दैन । बरु घरमै बसेर पढ्छु ।’ हुन पनि काठमाडौं आएपछि पाएको कामका लागि उनी बिहान ७ बजे दोकान आएपछि बेलुकी करिब ९ बजेमात्र फर्कन्छन् । ‘यसरी सधैं काम गर्न सकिदैन । पढाइ पनि त गर्नुपर्यो, कलेज पनि जानुपर्यो, ’जीवन भन्छन् ।
दाङतिरकै दुई जना साथीसँग उनी नेपालटारमा कोठा लिएर बस्दै आएका थिए । तर, भोलिबाट साथीहरुलाई छोडेर उनी 'आफ्नै गाउँ फर्की आएँ' भनेर जाँदैछन् । जीवनले श्री आदर्श नमूना माध्यमिक विद्यालय लालमटिया दाङबाट कक्षा १२ सकेँ । उनले शिक्षाशास्त्र पढेका हुन् । पढाइ पनि राम्रो रहेको उनले बताए । ‘११ मा ए आएको थियो १२ मा अलि कम आयो, ’उनी भन्छन्, ‘ अब मिहेनत गर्छु । आखिर विदेश जानुछ ।’
हो, अब स्नातक पढ्ने तयारीसँगै विदेशको पनि सुरसार कस्ने उनको उद्देश्य छ । जीवन भन्छन्, ‘भविष्यको सोच अरु केही छैन, बाहिर जाने हो । ‘नेपालमा केही हुँदैन र ?’ धिप्री डटकमको प्रश्नमा उनले भने, ‘यहाँ पनि हुन त हुन्छ तर बाहिर जति हुँदैन । फेरि हामी जस्तो मध्यम वर्गीय परिकारका लागि पैसाले अर्थ राख्छ । वास्तविकता त्यही हो । कुनै युरोपेली मुलुकतिरका लागि प्रयास गर्छु । कोरिया जाने भन्ने सोच थियो भाषा पढ्ने भनेको मिलेन ।’ अब जीवन दाङ मै पढ्दै विदेशको तयारी पनि सँगै गर्ने सोचमा छन् ।
उनको घरमा मम्मी, बुबा र दाइ छन् । परिवारले कलेजमा क्यानटिन (होटल) सञ्चालन गर्दै आएको छ । ‘अब घर गएर मम्मीलाई क्याननिटन सञ्चालनमा सघाउँछु ’ उनले भने ।
जेनजी उमेरका जीवनलाई भेटेपछि धिप्री डटकमले स्वाभाविक प्रश्न गर्यो, ‘ भाइ, सेप्टेम्बर ८ को जेनजी पुस्ताको आन्दोलनमा जानुभयो ?’ उनले भने, ‘ अहँ गइनँ । दोकान हेर्नुपर्ने भएकोले जानै पाइनँ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com