Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन

पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रबाट मनसुन क्रमश: बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभागले आज ९असोज २०० दिउँसो जनाएअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मनसुन बाहिरिएको हो। 

यस वर्ष औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमै नेपाल प्रवेश गरेको थियो। यो बाहिरिने सरदर मितिचाहिँ यही अक्टोबर २ तारिख थियो। तर औसत मितिभन्दा केही दिन ढिला गरी मनसुन नेपालबाट हट्न थालेको हो। 

मनसुन देशभरिबाट एकैचोटि बाहिरिँदैन। यो पश्चिमबाट क्रमशस् हट्दै हट्दै अन्त्यमा पूर्व कोशी प्रदेश हुँदै पूरै नेपालबाट बाहिरिन्छ। त्यसपछि मात्र मौसम विभागले देशबाट मनसुन बाहिरिएको घोषणा गर्छ। 

अहिले भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पूर्वी भेग तथा मधेस र कोसी प्रदेशका पूरै क्षेत्रमा मनसुनको प्रभाव कायमै छ। 

गत वर्ष अक्टोबर १२ तारिख  मनसुन नेपालको पूरै क्षेत्रबाट बाहिरिएको थियो। 

monsoo-notice_gbQYiC7FJc.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार