Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
बेलायती नागरिक भन्छन्

'नेपाल अत्यन्तै सुन्दर छ'

'नेपाल अत्यन्तै सुन्दर छ'

काठमाडौं । ६ फिट १० इन्च अग्ला बेलायती नागरिक टीम बसन्तपुरमा भेटिए । टीमले यो आफ्नो पहिलो नेपाल भ्रमण भएको धिप्री डटकमलाई सुनाए । ३४ वर्षका टीम लन्डनस्थित एक उर्जा कम्पनीमा कार्यरत छन् । बिदामा साथीहरुसँग घुम्न उनले यो पटक नेपाल रोजे ।

दुई साताको नेपाल बसाइका क्रममा उनले काठमाडौं र केही महत्वपूर्ण शहरसँगै मौसमले साथ दिए हिमाली मनमोहकतालाई नजिकबाट नियाल्ने उत्कट चाहना व्यक्त गरे । र, मनास्लु क्षेत्रको पदयात्राको 'प्लान' उनले सुनाए । योजना सुनाउँदा उनी निक्कै प्रशन्न देखिन्थे । उनले भने, 'नेपाल अत्यन्तै सुन्दर छ । नेपालीहरु पनि त्यत्तिकै सुन्दर छन् ।'

DSC09291_11zon.jpg
टीम
DSC09290_11zon.jpg
टीम

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार