काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा झाडापखाला र हैजा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बाढी पहिरो तथा डुबानका कारण हैजा र झाडापखालालगायत पानीजन्य रोग लाग्न सक्ने भन्दै त्यसबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गरेका हुन् । उमालेर वा ‘क्लोरिन’ झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन उनले आग्रह गरेका छन् ।
प्रवक्ता बुढाथोकीले सन्देश जारी गर्दै भनेका छन्,“खानेपानीलाई सधैँ सफा भाडामा ढाकेर राख्न र सफा भाडाले मात्र खानेपानी निकाल्नु होला । खानेकुरालाई राम्ररी पकाएर मात्र खान र सडेगलेको, बासी र झिंगा भन्केको खानेकुरा नखान र खानेकुरा सफा भाडाले ढाकेर मात्र खान आग्रह छ ।”
यसैगरी खाना बनाउनुअघि, खाना खानु वा खुवाउन अघि, दिसा पिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहर चलाएपछि घर वा कार्यालय छिर्नुअघि, बाहिरी सामान छोएपछि साबुनपानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिची हात धुन मन्त्रालयले आग्रह गरेको छ ।
साबुनपानी उपलब्ध नभएमा ‘स्यानिटाइजर’ प्रयोग गर्न सबैलाई अनुरोध गरिएको छ । मन्त्रालयले प्राकृतिक विपद्मा चर्पीमा मात्र दिसा पिसाब गर्न र बालबालिकाको दिसापिसाबलाई चर्पीमा नै फाल्न आग्रह गरेको छ ।
यस्तै, झाडापखाला भई हालेमा तुरुन्तै पुर्नजलीय झोलसँगै प्रशस्त मात्रामा पोसिलो झोलिलो खानेकुरा खानसमेत सन्देशमा आग्रह गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com