Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
पाको सुझाव

मुलुकमा परिवर्तनको युवाहरुको चाहना नेताहरुले बुझ्नुपर्छ: सावित्री ढुङ्गेल (भिडियो)

मुलुकमा परिवर्तनको युवाहरुको चाहना नेताहरुले बुझ्नुपर्छ: सावित्री ढुङ्गेल (भिडियो)

काठमाडौं । ‘गरे नेपालमै सम्भव छ, यहीको माटोमा सुन फलाउन सकिन्छ तर काम गर्न हिच्किच्याउनुहुन्न । मिहिनेत गर्न गाहे मान्न हुँदैन, ’ घर नजिकको बारीमा आलु रोप्ने तरखर गर्दै गर्दा आज दिउँसो भेटिनुभएकी मुलपानी, ढुङ्गेलगाउँकी सावित्री ढुङ्गेल भन्नुहुन्छ, ‘जन्मभूमि भनेको जन्मभूमि हो । कामका लागि विदेशीने कुरा मलाई ठीक लाग्दैन ।’ नेपालमा पनि कर्म गर्दा सफल हुने उहाँले बताउनुभयो।

आफ्ना सन्तानहरु कोही पनि विदेशमा नभएको भन्दै दसैँमा सबैसँगै बसेर मनाउदा रमाइलो भएको उहाँले सुनाउनुभयो । जीवनमा खुसी हुन सिक्नुपर्छ, दुःख सबैलाई पर्छ तर पनि जीवनलाई सहज रुपमा लिनुपर्ने र खसी हुनुपर्ने उहाँले बताउनुभयो ।

DSC09419_11zon.jpg
undefined

हालसालै जेनजी पुस्ताले गरेको आन्दोलन परिवर्तनका लागि भएको भन्दै यो विषय अहिलेका नेताहरुले समयमै बुझ्नुपर्ने ढुङ्गेलले सुझाउनुभयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार