Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

निर्वाचनमा भाग लिन १२ नयाँ दलद्वारा आयोगमा निवेदन

निर्वाचनमा भाग लिन १२ नयाँ दलद्वारा आयोगमा निवेदन

काठमाडौं । फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन १२ नयाँ राजनीतिक दलले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएका छन् । आयोगका अनुसार ती दलहरूले निर्वाचन ऐनअन्तर्गत आवश्यक कागजात र विवरणसहित निवेदन दिएका हुन् ।

आयोगले प्राप्त निवेदनहरूको प्रारम्भिक अध्ययन सुरु गरेको र सबै आवश्यक मापदण्ड पूरा गर्ने दलहरूलाई दर्ता प्रक्रिया अगाडि बढाइने जनाएको छ । कानुनी मापदण्ड पूरा भएका दलहरूलाई छिट्टै दर्ता प्रमाणपत्र प्रदान गरिने आयोगको भनाइ छ ।

हालसम्म आयोगमा १२२ राजनीतिक दल दर्ता छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार