Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भोटेकोसी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई दिने सहमति

भोटेकोसी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई दिने सहमति

काठमाडौं । जेनजीको मागअनुरुपनै भोटेकोसी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर दिने सहमति भएको छ। भोटेकोसी पावर कम्पनी प्राइभेट लिमिटेडले आफ्नो सेयरमध्येबाट १० प्रतिशत सेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित बासिन्दा समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति जनाएको हो।

कम्पनीले भोटेकोसीका स्थानीय बासिन्दाहरूको प्रतिनिधित्व गर्ने भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग यो सहमति गरेको हो। यद्यपि, स्थानीयलाई दिने भनेको १० प्रतिशत सेयर यसअघि २०७१ पुस ९ को सम्झौतामा ४ प्रतिशत बढाई १० प्रतिशत कायम गर्ने सहमतिपत्रमा उल्लेख छ। २०७१ मा ६ प्रतिशत सेयर स्थानीयका नाममा कायम गर्ने सम्झौता भएको थियो।

उक्त सहमतिपत्रमा  जेनजी पब्लिक इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष फुर्पा शेर्पा, सदस्यहरू सांगे शेर्पा, वीरबहादुर लामा र मिङमार शेर्पाले हस्ताक्षर गरेका छन् भने आयोजना प्रवर्धकका तर्फबाट कम्पनी सचिव विश्वमोहन कर्माचार्य, सहायक महाप्रबन्धक बबिन प्रधान र सहायक प्रबन्धक प्रेम साउँदको सही छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार