Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने आईएमएफको प्रक्षेपण

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने आईएमएफको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । कोषको फ्ल्यागसिप प्रकाशन वर्ल्ड इकोनोमिक आउट लुकले यसभन्दा अघिको नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई सामान्य रूपमा घटाउँदै नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । यसअघि गत अप्रिलको वर्ल्ड इकोनोमिक आउट लुकले नेपालमा चालू आर्थिक वर्ष अर्थात् सन् २०२६ मा ५.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

चालु आर्थिक वर्षमा जेनजी आन्दोलनका कारण अर्थतन्त्रमा पनि असर पुग्ने भएकाले अपेक्षित नहुने देखिन्छ । विश्व बैंकले हालै नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई व्यापक रूपमा घटाएको छ। तर, कोषले भने विगतको प्रक्षेपणमा सामान्य मात्रै कम गरेको हो ।

सन् २०२५ को अप्रिलमा संयुक्त राज्य अमेरिकाले व्यापक ट्यारिफ घोषणा गरेर विश्व अर्थतन्त्रलाई नै प्रभावित भएको आइएमएफले जनाएको छ । यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि ३.२ प्रतिशत र अर्को वर्ष ३।१ प्रतिशत रहने अनुमान आइएमएफको छ।

यो अनुमान गत वर्षको भन्दा ०।२ प्रतिशत बिन्दुले कम हो । तर, अप्रिलको तुलनामा भने आईएमएफले सन् २०२५ को आर्थिक वृद्धिको प्रक्षेपण केही सुधार गरेको हो । अप्रिलमा उसले यो वर्ष विश्व अर्थतन्त्र २।८ प्रतिशतले मात्रै वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

गत अप्रिलमा अमेरिकाले घोषणा गरेको व्यापक ट्यारिफ वृद्धिका कारण अनिश्चय उच्च रहेकोमा अहिले त्यसमा केही कमी आएको आईएमएफले जनाएको छ ।

अमेरिकाले धेरै मुलुकसँग व्यापार सम्झौता गरेको तथा अन्य मुलुकहरूले जवाफी रूपमा भन्सार नबढाएकाले पनि केही निश्चितता थपिएको आईएमएफका इकोनोमिक कायन्सेलर तथा अनुसन्धान विभाग प्रमुख पियरे(ओलिभर गोरिन्चासले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै बताए। त्यही भएर विश्व आर्थिक वृद्धिको प्रक्षेपणमा सामान्य सुधार गरेको उनको भनाइ छ ।

तथापि, अमेरिकाले लगाएको भन्सार महसुल दर अझै उच्च रहेको, व्यापार तनाव बढ्दै गएको तथा स्थायी व्यापार सम्झौताहरूको कुनै ग्यारेन्टी नभएकाले अर्थतन्त्रको पूर्ण चित्र आउन लामो समय लाग्न सक्ने आइएमएफको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार