काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण गरी त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह, कैदी बन्दीको सङ्ख्या र अवस्थालगायतका विषयमा जानकारी लिएका छन ।
निरीक्षणपछि मन्त्री आर्यलाले कारागारलाई साधनरस्रोत सम्पन्न बनाउन र व्यवस्थित ढंगबाट सञ्चालन गर्ने सन्दर्भमा सुधारका योजना ल्याउन निर्देशन दिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।
सोही अवसरमा मन्त्री अर्यालले ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको कैदी बन्दी पक्राउ, खोजी नियन्त्रण कार्यदललाई सक्रिय बनाउन र जिल्लामा रहेका सुरक्षा एकाइलाई बढीभन्दा बढी परिचालन गरेर कारागार बाहिर रहेका कैदी बन्दीलाई छिटो पक्राउ गर्न पनि निर्देशन दिए ।
महानिर्देशक शर्माका अनुसार देशैभरका कारागारमा २९ हजार २१९ जना र बाल सुधार गृहमा एक हजार ४२२ गरी जम्मा ३० हजार ६४१ जनामध्ये १४ हजार ५४९ जना कैदी फरार भएका थिए । फरार मध्ये नौ हजार २१९ फिर्ता आएका छन् भने पाँच हजार ३५९ जना अझै बाहिर छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com