काठमाडौं । नइ प्रकाशनले नेपाल तथा भारतका २८ प्रतिभालाई २०८० सालको नइ पुरस्कार प्रदान गरेको छ। विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउनुभएको व्यक्ति तथा बालबालिकालाई ताम्रपत्र र नगद राशिसहित पुरस्कार प्रदान गरिएको हो।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अतिथि प्रा. चेतनाथ शर्मा आचार्यले पुरस्कार वितरण गर्नुभएको थियो । आचार्यले अध्यात्म दर्शन र सनातन धर्म संस्कृतिको जागरण, संरक्षण र संवर्धनमा सात दशकदेखि योगदान पुर्याउँदै आउनुभएको प्रा. चेतनाथ शर्मा आचार्यलाई एक लाख रुपैयाँ राशिसहित ‘नइ चन्द्रधन पुरस्कार’ प्रदान गर्नुभएको थियो ।
यसैगरी, नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको भारतका अमर प्राज्ञ श्री के.बी. नेपालीलाई दुई लाख रुपैयाँ राशिसहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको थियो । भारतीय साहित्यकार डा. जीवन नामदुङलाई ‘नइ ईश्वर बराल पुरस्कार’, सङ्गीत भूषण श्री रञ्जित गजमेरलाई ‘कोइलीदेवी पुरस्कार’, र डा. शान्ति क्षेत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ।

कार्यक्रममा हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, देशभक्त चिन्तक प्रा.डा. मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’, शिक्षाविद् तथा साहित्यकार प्रा. गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, सञ्चारकर्मी श्री कमल प्रधान र श्री ध्रुव थापालाई संयुक्त रूपमा ‘नइ भाजप पुरस्कार’, डा. वसन्त पन्तलाई ‘नइ भावि पुरस्कार’, रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’, शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’, र राधिका गुरागाईँलाई ‘नइ बुलु शर्मा पुरस्कार’ प्रदान गरिएको थियो। यी सबै पुरस्कारको राशि पनि जनही एक लाख रुपैयाँ नै रहेको छ।
साठी हजार रुपैयाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ पाल्पाका साहित्यकार श्री कृष्णप्रसाद वस्याललाई प्रदान गरिएको छ भने जनही पचास हजार रुपैयाँ राशिका ‘नइ कपिल शोध पुरस्कार’ ठाकुर शर्मा भण्डारी, ‘नइ देरुनीख गौरव पुरस्कार’ धनकुटे कान्छा, र ‘नइ रामलक्ष्मी पुरस्कार’ रजनी थकालीलाई प्रदान गरिएको थियो । यसैगरी, पच्चीस हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ मनीषा राजवङ्शीलाई प्रदान गरिएको थियो।
छ जना बालबालिकालाई दश हजार रुपैयाँ राशिको ‘नइ देरुनीखपू बाल पुरस्कार’ पनि प्रदान गरिएको छ। यसैगरी, सात हजार रुपैयाँ राशिको ‘नइ कोपिला गायन पुरस्कार’ काव्या शिवाकोटी र ‘नइ कोपिला नृत्य पुरस्कार’ सुधा तामाङलाई प्रदान गरिएको छ भने पाँच हजार रुपैयाँ राशिको ‘नइ चिचिला पुरस्कार’ मानषी भण्डारीलाई प्रदान गरिएको छ
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com