Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

एनसेलको सिइओमा माइकल फोले नियुक्त

एनसेलको सिइओमा माइकल फोले नियुक्त

काठमाडौं । एनसेलको प्रमुख कार्यकारी अधिकृतमा माइकल फोले नियुक्त भएका छन् । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी उनी नियुक्त भएको एनसेलले जनाएको छ । नयाँ सिइओ आएसँगै कार्यवाहक सिइओ सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सिएफओ)को आफ्नो महत्त्वपूर्ण भूमिकालाई निरन्तरता दिने बताइएको छ ।

फोलेसँग दुई दशकभन्दा बढी समय दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव छ । एनसेलमा आबद्ध हुनुअघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए । 

नियुक्तिपछि फोलेले काठमाडौँमा एनसेलको जिम्मेवारी लिन पाउँदा आफू अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार