Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासन कार्यालयहरूको सूचना

राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासन कार्यालयहरूको सूचना

काठमाडौं । तिहारको समयमा देउसीभैलो खेल्दा अनुशासित एवं मर्यादित हुन जिल्ला प्रशासन कार्यालयहरूले आग्रह गरेका छन् । काठमाडौं उपत्यकामा राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासन कार्यालयहरूले सूचना जारी गरी भनेका छन् ।

देउसीभैलो खेल्दा कसैको गुनासो आउन नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ । सडक अवरुद्ध हुने गरी देउसीभैलो खेल्न नपाइने प्रशासनले स्पष्ट पारेको छ । सर्वसाधारणको आवागमनलाई बाधा पर्ने गरी कुनै पनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सवस्थल बनाउन नपाइने प्रशासनले जनाएको छ ।

दीपावलीको अवसरमा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । पटकाको किनबेच र प्रयोगमा रोक लगाइएको छ ।

“चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्नरनगराउनुहुन,” प्रशासनले भनेको छ, “अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्री वितरण गर्नेलगायतका उपभोक्ता हितविपरीतका कार्यहरू नगर्नुरनगराउनुहुन ।”

सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादकपदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएभन्दा बढी भाडा नलिनलगायत आग्रह गरिएको छ । “गैरकानुनी रूपमा चिट्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोबार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्ने,” प्रशासनले भनेको छ ।

ktm-1760835201.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार