Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

ग्राण्ड मास्टर स्मेरडोन डेभिडको एकल अग्रता, निकेनले बराबरी खेले

ग्राण्ड मास्टर स्मेरडोन डेभिडको एकल अग्रता, निकेनले बराबरी खेले

२ कार्तिक, ललितपुर। नेपाल सम्बत् ११४६ अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः यल र ललितपुर स्पोर्ट्स क्लबको संयोजनमा चौंथो फिडे खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता पहिलो दिन ६ चरणको खेल सञ्चालन भएको छ। 

नेपाल, भारत र अष्ट्रेलियलियाका गरि ७८ जना खेलाडीहरु सहभागि भएको प्रतियोगितामा अस्ट्रेलियाका २५४१ रेटेड ग्रान्ड मास्टर स्मेरडोन डेभिड सीले एकल ५ ।५ अङ्क जोडेर पहिलो स्थानमा रहन सफल भएका छन्। भर्खर मात्रै काजकिस्तानको अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी भएर फर्केका युवा पुरुषोत्तम सिलवाल ५ अङ्क बनाउँदै दोस्रो स्थानमा उभिएका छन्।

सिएम सिलवालसँगै नेपालका निकेन कुसाथाले पाँचौं चरणमा जिएमसँग र छैठौं चरणमा ललितपुरका सुरज महर्जन सँग बराबर गर्दै आफुले अङ्क ५ जोडेका छन्। समान ५ अङ्क जोडेर ललितपुरका अशोक मोहन श्रेष्ठ, दोलखाका सुमन मोक्तान र भक्तपुरका प्रेम खड्का पनि संयुक्त दोस्रो स्थानमा उभिएका छन्। 

प्रतिस्पर्धामा भक्तपुरका सुभनदीप थापा, मध्यपुर ठिमीका श्यामसुन्दर श्रेष्ठ र ललितपुरका सुरज महर्जन समान ४ अङ्क जोडेर संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन्। यसैगरी ललितपुरका राजु ताम्राकार, पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार, एसियम क्रिजन महर्जन लगायत १४ जना खेलाडीहरूले संयुक्त चौथो स्थानमा पहिलो दिन अन्त्य गरेका छन्। 

हरेक वर्ष निरन्तर आयोजना हुँदै आइरहेको नेपाल भाषा खल यल फिडे र्यापिड रेटिङ प्रतियोगितामा विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीय ले ५ हजार लगायत दशौं स्थान, महिला तर्फ प्रथम द्वितीय तृतीय ले क्रमशः  ५ हजार ४ हजार, ३ हजार र ललितपुर प्रथम द्वितीय हुनेले कूल नगद ६० हजार पुरस्कार प्राप्त गर्ने छन्।

स्पर्धा पूर्व प्रमुख अतिथि माननीय रामकृष्ण चित्रकारले सहभागी खेलाडीहरूका लागि राज्यले उदार बजेट निति अपनाउनु पर्ने उल्लेख गर्दै बाग्मती प्रदेश सरकारको तर्फबाट चेस खेलका लागि नगद २० लाख विनियोजित गरेको बताए।

प्रतियोगिताका प्रमुख निर्णायक फिचर आर्बिटर सोराज ताम्राकारले अन्तर्राष्ट्रिय उच्च रेटेड खेलाडीहरु सहभागी भएको प्रतियोगितामा निर्णायक बन्नु कठिन हुने जनाए।

f6fe9c58-8244-420c-bc00-055627430793.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार