काठमाडौं । एपेक नेपालको प्रस्तुति 'एपेक राष्ट्रिय काव्यमहोत्सव २०८२' को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आगामी साता अर्थात् कार्तिक १५ गते शनिबार कोशी प्रदेशको सुनसरी जिल्लाको इटहरीमा हुने महोत्सवमा सात प्रदेशका १४ कविहरु सहभागी हुनेछन् ।
आयोजकले यस प्रकारको काव्यिक जमघट ऐतिहासिक हुने संज्ञा दिएको छ ।आयोजक एपेक नेपालले भनेको छ, 'हामी आन्तरिक तयारीको अन्तिम चरणमा आइपुग्यौ र अब यहाँहरुको स्वागतमा जुट्ने जमर्कोमा छौ। सबै सहृदयी शुभेच्छुकहरुमा हाम्रो सादर आमन्त्रण ।'
एपेक काव्य महोत्सवको यो दोस्रो संस्करण एउटै मन्चमा बसेर समग्र राष्ट्रको समकालिन काव्यिक ढुकढुकी आस्वादन गर्न सकिने अपूर्व अवसर हुने भन्दै आयोजकले काव्यानुरागी सबै सहृदयीहरुमा सहभागिताका लागि आग्रह समेत गरेको छ ।
यो संस्करणमा कोशी प्रदेशबाट अस्मिता विष्ट र धिरज राई, बागमती प्रदेशबाट गणेश श्रमण र एलिसा एकलास, मेधश प्रदेशबाट मनोज लोहार विश्वकर्मा र सपना कर्ण 'मनोरमा', गण्डकी प्रदेशबाट निकेश गिरी र रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट रसिक राज र चन्द्र जि.एम., कर्णाली प्रदेशबाट कल्पना पलक र लक्ष्मण मानव तथा सुदूरपश्चिम प्रदेशबाट मोहित जोशी र खेम बताश सहभागी हुनेछन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com